Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको सञ्चालक सदस्यमा अर्थमन्त्रालयका सहसचिव दाहाल चयन

२०७८ असार ८ गते


बैंकिङ खबर/नेपाल बैंकको सञ्चालक सदस्यमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन हुनुभएको छ ।
बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहनुभएका केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएर आएपछि उहाँ सञ्चालक नियुक्त हुनुभएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच सञ्चालक सदस्य दाहालले सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

शपथ ग्रहण कार्यक्रम पश्चात बैंक सञ्चालक समिति अध्यक्ष मधु कुमार मरासिनीले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनवद्धता व्यक्त गर्नुभएका थियो ।

शपथ ग्रहण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र कम्पनी सचिवसमेतको उपस्थिति रहेको थियो ।

Ad