Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मनाङ धारापानी बैंकमा रहेका कर्मचारीहरु सुरक्षित छन् : प्रहरी(अपडेट)

२०७८ असार २ गते
मनाङको नासों गाउँपालिकास्थित माथिल्लो धारापानी क्षेत्र । तस्बिर सौजन्यः सुरेन्द्र बराल ।

बैंकिङ खबर/जिल्ला प्रहरी कार्यालय मनाङले मनाङको धारापानीमा रहेकाे बैंकका सबै कर्मचारीहरु सुरक्षित रहेको जनाएको छ । मनाङको नासों गाउँपालिका–३ धारापानीमा बुधबार मर्स्याङ्दी नदीले दुई बैंकका शाखा कार्यालय बगाएको छ । नदीले प्राइम बैंक र प्रभु बैंकको कार्यालय, गाउँपालिकाको कार्यालय, प्रहरी चौकी र केही होटल बगाएको हो।
प्रहरीका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी सम्पर्कविहीन भएपनि अहिले सम्पर्कमा आउनु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी हवल्दार विष्णुध्वज अछामीले बैंकिङ खबरसँग कुरा गर्दै भन्नुभयो,‘धारापानीमा रहेको दुई बैंकको शाखा कार्यालय रहेको घर बगाएपनि कर्मचारीहरु भने सबै सुरक्षित हुनुहुन्छ । सम्पर्क विहिन हुनुभएका कर्मचारी पनि सम्पर्कमा आउनुभएको छ ।’

Ad