Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पेन्सन लिन धाउनु नपर्ने, रकम सोझै बैंक खातामा

२०७८ असार २ गते

बैंकिङ खबर / सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम (पेन्सन) उनीहरुको बैंक खातामा सोझै पठाइने भएको छ । विद्युतीय कोष हस्तान्तरण (ईएफटी) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा पठाउने व्यवस्था गरिएको हो । निवृत्तिभरण व्यवस्थापन कार्यालयले विगतमा बैंक लेखापढी र बैंकको केन्द्रीय प्रणालीमार्फत पठाउँदा धेरैसमय लाग्ने गरेकाले अब सोझै खातावालाको खातामा सोझै रकम पठाउने व्यवस्था गरेको जनाएको छ ।

यसबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ करिब २ लाख ७६ हजार सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरुका लागि झण्डै ४ अर्ब निवृत्तिभरणका लागि निकासा हुन्छ । हाल निवृत्तिभरण व्यवस्थापन कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत यो रकम कर्मचारीको घरपायक स्थानको बैङ्कमा पठाउने गरेको छ । यस प्रणालीमार्फत केही दिनमै अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारीको खातामा रकम पठाइने निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

निवृत्तिभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने जनाइएको छ ।

 

Ad