Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

उपत्यकामा बैंक तथा वित्तीय संस्था सञ्चालनमा हालकै व्यवस्थालाई निरन्तरता

२०७८ जेष्ठ १९ गते

बैंकिङ खबर/काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था सञ्चालमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ ।

बैठकले विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिएको हो । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइनेछ ।

Ad