Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फाइनान्स कम्पनीका कर्मचारीलाई रोकतोक समस्या छैन (फलोअप)

२०७८ जेष्ठ १६ गते

बैंकिङ खबर/ शुक्रबार ट्राफिक प्रहरीले रोकेको फाइनान्स कम्पनीका कर्मचारीलाई आइतबारबाट भने सहज छ । प्रहरीले शुक्रबार रोकेपछि फाइनान्स कम्पनीहरुमा खैलाबैला भएको थियो । आइतबारबाट भने केहि सहज भएको फाइनान्सका एक कर्मचारीले बैंकिङ खबरलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘आइतबार भने सहज भएको छ, अफिसको कार्ड देखाएर अफिससम्म पुग्न दिएको छ ।’

वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले आइतबारबाट भने फाइनान्सका कर्मचारीलाई कहि, कतै रोकिएको जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कसैले कम्प्लेन्ट गर्नुभएको छैन । ट्राफिक प्रहरीकाे बै‌ठक बसेर १०० र १०३ मा क्लियरल्लि इन्फरमेसेनहरु दिइसक्नु भएको छ । फाइनान्सका कर्मचारीलाई नरोक्नु भनिएको छ । जसले आज रोकिएको छैन । त्यसका राष्ट्र बैंक र वित्तीय संस्था संघले पनि नरोक्न आग्रह गरिरहेको थियो । ’

फाइनान्स कम्पनीहरु ग बर्गका वित्तीय संस्था हुन् । कतिपयलाई फाइनान्स भनेको सहकारी भन्ने बुझाई छ । यो गलत बुझाई हो । प्रहरीलाई समेत फाइनान्स र सहकारीको फरक थाहा नहुँदा शुक्रबार धेरै फाइनान्स कम्पनीका कर्मचारीलाई बाटोमै रोकिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी स्यामकृष्ण अधिकारीले फाइनान्सका कर्मचारीलाई नरोक्न फिल्डमा खटिने ट्राफिक प्रहरीलाई निर्देशन दिइसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शुक्रबार कहि कतै रोकिएपनि हामिले छलफल गरेर उहाँहरुलाई सहज बनाएका छौं ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको मंगलबारको बैंठकले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म सवारी चलाउने दिने निर्णय गरेको छ । साेही अनुसार अहिले बैंक वित्तहरु सञ्चालनमा रहेका छन् । 

 

Ad