Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बृद्ध भत्ता ४ हजार पुग्यो

२०७८ जेष्ठ १५ गते

बैंकिङ खबर । सरकारले बजेट भाषणमा बृद्ध भत्ता बढाएर ४ हजार बनाएको छ । सरकारले बजेटमार्फत महिला उद्यमशीलतालाई जोड दिएको छ । त्यसैगरी कम व्याजदरमा कर्जा वितरणलाई पनि जोड दिएको छ । 

  • बजेटमा सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने र सम्बन्धित उद्योगलाई विजुली प्रयोगमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।
  • अर्थतन्त्रलाई चलायमान गराउने कुरामा जोड दिइएको छ ।
  • साल्ट ट्रेडिङबाट विक्रि हुने खाद्यान्न सामानमा २० प्रतिशत छुटको घोषणा
  • चलचित्र, बिज्ञापन निर्माण कम्पनीको नविकरण निशुल्क हुने
  • विद्यार्थीलाई सिमकार्ड निशुल्क वितरण गरिने
  • सरकारले बजेटमा ५ प्रतिशतको पुनरकर्जा व्यबसायलाई निरन्तरता दिने भएको छ । त्यसैगरी उद्यमशील कर्जालाई फोकस गरिएको छ । यसको दायरा बढाइने भएको छ भने पाँच प्रतिशत व्याजमा कर्जा वितरणका लागि १३ अर्ब विनियोजन गरिउको छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमा २ लाख रोजगारी सृजना गरिने घोषणा गरिएको छ ।
  • शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म कर्जा दिने घोषणा गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता बृद्धि गरी चारहजार बनाइयो