Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकवित्तमा ३ हजार ९ सय कर्मचारी मात्रै अहिले संक्रमित छन्, अरु निको भइसके !

२०७८ जेष्ठ १४ गते

बैंकिङ खबर/ कोरोनाको दोस्रो लहरसँगै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार संक्रमित भएका छन् भने कतिको मृत्यु समेत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो र दोस्रो लहरमा गरेर हालसम्म बैंक वित्तीय क्षेत्रका कर्मचारी र उनीहरुका परिवार गरि करिव १९ हजार जनामा कोरोना संक्रमण देखिएको थियो । तर अधिकाँस निको भइसकेको अबस्था छ । 

पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय संक्रमित भएका हुन् । यसमा ६ हजार कर्मचारी छन् भने २६ सय संक्रमित उनीहरुका परिवार छन् । कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु अहिले सीमित शाखा खोलेर सञ्चालन गरिरहेका छन् । जिल्ला तहमा भने जिल्ला प्रशासन कार्यालयको आदेशको परिधिमा रहेर सेवा दिइरहेका छन् । अहिले दोस्रो लहरमा बेंकवित्तमा गरेर ६ हजार ७ सय कर्मचारी संक्रमीत भएको र त्यसमध्ये ३ हजार ९ सय १६ जना कर्मचारी अहिले पनि संक्रमित छन् भने अरु अरु रिकभर भइसकेको अवस्था छ ।

बैंक वित्तीय क्षेत्रका कर्मचारीमा कोरोना संक्रमणको अवस्था  बजारमा आएजस्तो भयाभह होइन । ३ हजार बढी कर्मचारी अहिले पनि संक्रमित छन् । उनीहरुको संख्या घटबढ भइरहेको छ । बैंक, वित्तीय संस्थाले भने सेवा सुचारु राखेका छन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार बैंक तथ वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उनीहरुको परिवार गरी पहिलो र दोस्रो लहरमा १९ हजार जना संक्रमित भएको हो । हाल बेंकवित्तले सकेसम्म डिजिटल सेवामा फोकस गरेको उहाँले बताउनुभयो । बैंकर्स संघले ५० हजार भन्दा सानो रकमलाई चेक मार्फत अरुको खातामा डिपोजिट गर्न बैंकसम्म नआउन गरेको अनुरोधलाई राष्ट्र बैंकले मौन रुपमा समर्थन गरेको उहाँको भनाई छ । तथापि सानो भन्दा सानो रकम पनि झिक्न सकिन्छ । रकम झिक्ने कार्यमा बैंकहरुले कुनै पनि रोक लगाएका छैनन् । बैंकर्स संघले पनि रकम झिक्न रोक नलगाइएको जनाएको छ । कुनै पनि बैंक वित्तमा एक हजारको चेक पनि साटीएको अबस्था रहेको छ । 

Ad