Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आजदेखि बैंकका सवारीसाधन बिहान र बेलुका मात्र चल्न पाउने

२०७८ जेष्ठ १४ गते


बैंकिङ खबर/आजदेखि बैंकका सवारी साधन बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको बैंठकले निषेधाज्ञा एक हप्ता थप गर्दै आजदेखि लागू हुने गरी नयाँ नियम बनाएको हो ।

बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ। त्यसैगरी बीमा, सार्वजनिक संस्था सस्थान, अत्यावश्यक बाहेकका कार्यालय बन्द हुनेछन् ।

Ad