Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कोभिड-१९ को रोकथाममा प्रभु क्यापिटलको सहयोग

२०७८ जेष्ठ १३ गते

बैंकिङ खबर/प्रभु क्यापिटल लिमिटेडले कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि क्यापिटलले विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
क्यापिटलका अनुसार पुनःप्रयोग गर्न मिल्ने मास्क १५० थान, साबुन १५० थान, स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान, पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामग्री १५० थान, पारासिटामोल १५० थान हस्तान्तरण गरिएको छ ।
समविकास नेपालले यी स्वास्थ्य सामग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का संक्रमितहरुलाई वितरण गर्नेछ ।

Ad