भगवती चौधरी
अध्यक्ष फरवार्ड माइक्रोेफाइनान्स
कोरोना महामारीले अहिले सबै क्षेत्रलाई आक्रान्त बनाएको छ । बैंक तथा वित्तीय संस्थाका धेरै कर्मचारीहरु कोरोबाट संक्रमित हुनुभएको छ भने कतिको मृत्यु समेत भएको छ ।
कोरोनाबाट हाम्रो संस्था फरवार्ड माइक्रोेफाइनान्स र संस्थामा आवद्ध सदस्यहरु पनि प्रभावित हुनुभयो । हाम्रा सदस्यहरुमध्ये १ सय ७ घरपरिवार पुरै संक्रमित हुन पुग्नुभयो । संक्रमितमध्ये चार जनाको मृत्यु भयो । हाम्रै ३७ जना स्टाफहरु कोरोना संक्रमित हुनुभयो । उहाँहरुमध्ये दुई जना हस्पिटल नै जानुप¥यो । अहिले उहाँहरु रिकभर भइसक्नुभएको छ । अहिले बैंक वित्तीय क्षेत्रका कर्मचारीहरु धेरै संक्रमित हुनुभएको छ । यहि अवस्था रहिरह्यो भने भोलीका दिनमा बढि रिक्स हुन सक्छ ।
हाम्रो माइक्रोफाइनान्सले १० लाखदेखि १५ लाखसम्म कोल्याट्रो ऋण दिइराखेकाे छ । शाखाहरुको एनलाइसिस गर्दा ६० प्रतिशत घरमा एमपिएमा जाने देखिएको छ । जसको भाका नाघ्ने अवस्था छ । अब हामीले संस्थाहरुलाई रिकभरि गर्न एउटा स्टाटिजि बनाउनुपर्ने देखिन्छ । भिक्टिम भइरहेकोलाई कसरी जोगाउने भन्नेमा ध्यान दिनुपर्ने हुन्छ ।
फरवार्ड माइक्रोेफाइनान्सले मुख्य अफिसबाट नै सबै शाखालाई जुममार्फत समुदायमा नजाने गरी मेम्बरहरुलाई फओअपमा गर्ने, उनीहरुको अवस्था के कस्तो छ ? बुझ्न भनेका छौं । कमसेकम उनीहरुलाई बिरामी भएको बेलामा अफिसले, लगानीकर्ताले सम्झियो भन्ने हुन्छ । समुदायका सदस्यहरु कोरोनाका कारण डिप्रेसनमै पुगेको अवस्था छ । विभिन्न खालको टर्चर, संक्रमणको डर त्रासमा बाँच्नुभएको छ ।
माइक्रो फाइनान्सले गर्दा समुदायमा कोरोना संक्रमण बढ्यो भनेर बाहिर हल्ला पनि आएका छन् । माइक्रोफाइनान्सका २४, २५ हजार स्टाफ छन् । एउटा स्टाफले ४०, ५० घरपरिवार घुम्छन् भनेर मिडियामा आएको थियो । तर हाम्रो माइक्रोफाइनान्स फरवार्डमा सर्कुलर गर्दा अफिसहरु खोलौं तर जबरजस्ती समुदायमा नजाऔँ भनेका छौं । यो समयमा रकम असुल हुनुपर्छ भनेर सोच्नुहुँदैन । अफिसहरु खोलौँ तर आफ्ना सदस्यहरुसँग जबरजस्ती पैसा नउठाउँ । अझ यस्तो महामारीको समयमा आफ्ना सदस्यहरुमा के कस्तो छ भनेर सोधौँ । यदि तिर्न सक्ने अवस्था छ भने तिर्नुस् भनौँ । किनकी अहिले तिरे भोलीका दिनमा बोझिलो हुँदैन् । सक्दिन भन्नुभयो भने उसको स्वस्थ्य अवस्था, फाइनान्सिल अवस्था के छ भनेर बुझौं ।
लघुवित्तहरु समुदायमै गएको हुनाले जनताले पनि सानोसानो रकम राखका हुन्छन् । त्यो पैसा झिक्छौं भन्नुभयो भने त्यसलाई झिक्न दिनुपर्छ । अर्कोतर्फ यदि माइक्रोफाइनान्स खुल्ला गर्यौं भने सदस्य आउँछन् । क्लाइन्डको घरदैलोमा त्यो स्टाप जानै पर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा डिजिटलाईजलाई जान सकियो भने घरमै बसेर उनीहरुले सेवा लिन सक्छन् । कसैलाई ऋण नै चाहियो भने पनि हामिले दिन सक्छौं ।
माइक्रोेफाइनान्सले सानो खालको ऋण पनि दिन सकिन्छ । जस्तो फुडआइटम, ग्रोसरी आइटमको लागि जिविकोपार्जनका लागि विना धितो ऋण दिन सक्छौं । तर उसले आफ्नो व्यवसाय परिवर्तन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बिना धितो एक, दुई लाख सम्मको ऋण दिन सकिन्छ ।
अहिलेको अवस्थामा संस्थाहरुले आफ्नो संस्थाको रिक्स रिकभरि स्टाटिजि बनाउनै पर्छ । त्यसमा पनि रिक्सको रिकभर कसरी गर्ने भनेर पनि यो आवश्यक छ । पुनर्कर्जा यस्तो बेलामा सदुपयोग गर्नुपर्छ । लोकल आइटमलाई प्रमोट गर्ने खालको व्यवसायमा पुनर्कर्जा दिन सकियो भने राम्रो हुन्छ ।
सरकारले यस्तो महामारीको बेला सबै सेक्टरलाई समेटेर अगाडि बढ्नुपर्छ । कुन सेक्टर बढि धरासायी भएको छ । सरकारले क्राइसिस म्यानेजमेन्ट गर्ने एउटा एक्सन टिम खडा गर्नुपर्छ । यसरी टिम खडा गर्दा छाता संगठनलाई एक्सनका रुपमा अहह्याउन सकिन्छ । जब मान्छे नमललाईज र कम्युनिटि नर्मलाईज भयो भने अर्थव्यवस्था विस्तारै अगाडि बढ्दै जान्छ ।
(मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनारमा पुर्वमन्त्री एवम् फरवार्ड माइक्रोेफाइनान्सकी अध्यक्ष भगवती चौधरीले राख्नुभएको मन्तव्यको सम्पादित अंश)