Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मोरङका बैंक तथा वित्तीय संस्था एक साता बन्द गर्न परिपत्र

२०७८ जेष्ठ ५ गते

बैकिङ खबर/नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले कोरानाको महामारीको दर बढेको भन्दै  मोरङ जिल्लाका सवै बैंक तथा वित्तीय संस्थाहरु एक साताका लागि बन्द गर्न परिपत्र गरेको छ ।

महामारीका  संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै जिल्लामा रहेका जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु आगामी जेठ ११ गतेसम्मका लागि बन्द गर्न पत्राचार गरेको हो ।

राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सवै बैंकिङ क्रियाकलाप बन्द जिल्लाभर सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवाबाहेक अन्य सेवा बन्द हुनेछ । मोरङ प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै आएपनि यसअघि बैंक तथा वित्तीय संस्थाहरु भने आलोपालो गरेर खुल्दै आएका थिए राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो ।

 
 
Ad