Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुदुरपश्चिममा २ सय बढी बैंकिङ कर्मचारी संक्रमित : खोपका कारण अबस्था सामान्य

२०७८ जेष्ठ ५ गते

बैंकिङ खबर । पछिल्लो तथ्यांक अनुसार सुदुरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थामा गरी करिव २ सय बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । २ सय १७ जना बैंक, वित्तीय क्षेत्रका कर्मचारी संक्रमित छन् । तथापी सबैजसोको स्वास्थ्य अबस्था सामान्य रहेको छ । अधिकाँस बैंकका कर्मचारीहरुले भ्याक्सिन लगाएका कारण सहजता आएको बताइएको छ ।

कैलाली र कञ्चानपुरका जिल्ला प्रशासनले सरकारी कारोबार र राजश्व संकलन सम्बन्धी कारोबारका लागि बैंक खोल्न अनुमति दिएको छ । अन्य कारोबार एटिएम, विद्युतिय माध्यमबाट बढी संचालीत छन् । सरकारी राजश्व संकलन लगायतका काय बाहेक सकेसम्म डिजिटलाइजेशनको प्रयोग गर्न लगाइएको छ । भौतिक रुपमा शाखा कम संचालन गर्ने र कम मानिस परिचालन गर्ने काम भएको नेपाल राष्ट्र बैंकका निर्देशक शुभाष घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार सबै बैंकहरुमा सम्पर्क व्यक्ति तोकेर काम गर्ने गरिएको छ । द्धिमिरे भन्नुहुन्छ ‘कसैलाई बैंकिङ सेवा अत्यावश्यक पर्‍यो भने सम्पर्क व्यक्तिलाई सम्पर्क गरेर बैंकसम्म जान सकिन्छ । यहाँका बैंकवित्त पूर्ण बन्द नभएर आंशिक रुपमा संचालीत छन् ।’

Ad