बैंकिङ खबर/ बैंकवित्तमा भिड बढ्न थालेपछि शाखा संख्या र खोल्ने समय अवधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले सहज तरीकाले सेवा सुचारु गर्न र भिडभाड नगर्न नगराउन भनेपछि बैंकवित्तहरुले थप शाखा संचालनमा ल्याउनुका साथै दिउँसो २ बजेसम्मको सेवा अवधिलाई बढाएर ३ बजे सम्म सेवा दिएका छन् । बेंकहरुले शाखा संख्या पनि बढाएर संचालन गरेका छन् । कम शाखा संचालन हुँदा बैंकवित्तमा झन् लामो लाईन लाग्न थालेको थियो । अहिले पनि बैंकवित्तमा कारोबार गर्नेको संख्या भने धेरै नै छ । कोरोना संक्रमण बढेर मृत्यूदर समेत बढेका बेला बैंकवित्तमा काम गर्ने कर्मचारीहरु थप सन्त्रासमा छन् ।