बैंकिङ खबर । अहिले सम्मको तयारीमा तलमाथि भएन भने हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरबारे भोलि बिहीबार हस्ताक्षर हुने भएको छ । दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरीसकेको छ । भोली विहीबार संझौतामा हस्ताक्षर हुने कार्यक्रम तय गरीएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बराबरको अनुपातमा मर्जर संझौता तयार गरिएको छ । दुबै बैंकका सिइओले बुधबार आआफ्ना उच्च व्यवस्थापक र ब्रान्च म्यानेजरहरुलाई मर्जरमा जान लागेको कुरा ब्रिफिङ गरेका छन् ।
बैंक-वित्त
तयारीमा तलमाथि नभए हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरमा भोलि हस्ताक्षर हुने
२०७८ बैशाख २९ गते