देव: विकास बैकले गत आर्थिक वर्षमा १३ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव ४६ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २५ करोड रुपैयाँ राखेको छ । सो अवधिमा निक्षेपमा ११ दशमलव ६१ प्रतिशतले बढाएर ७ अर्ब ४७ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ६ अर्ब ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५८ दशमलव ३३ प्रतिशतले बढेर ३४ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २ करोड रुपैयाँ राखिएको छ ।
बैंकको निष्कृय कर्जा ३ दशमलव ९९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ४० रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १५ दशमलव ५० रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशमलव ७१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात १० दशमलव ३७ प्रतिशत रहेको छ ।



