Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

फेरि पनि व्यवसायीलाई घरभाडा र ब्याजकै पिरलो, सरकारले ल्याउला त राहत !

२०७८ बैशाख २३ गते

बैंकिङ खबर । गतबर्ष लामो समय लकडाउनको सामना गरेर कैयौं नोक्सानी व्यहोरेपछि पुन सुरुवातीको चरणमा पुगेको नीजि क्षेत्रको अर्थतन्त्र पुनह तहसनहसको बाटोतिर अग्रसर भएको छ । कोभिड संक्रमणको जोखिम र आर्थिक अभावका कारण जनजीवन अस्त व्यस्त हुन थालेको छ । यो समयमा नीजि क्षेत्र र विशेषगरी गरीखाने बर्ग बढी मारमा छन् । बन्द सटरको भाडा, बन्द अबस्थामा रहेका गोदामहरु, व्यबसायीक घरहरुको भाडा नै चिन्ताको विषय बन्न थालेको छ । बल्ल तल्ल आँट गरेर बैंकबाट कर्जा लिएर व्यबसाय गरेकाहरु त अझ बढी तनाबमा छन् । ‘पसल, कार्यालय बन्द छ, घरभाडा तिर्नुपछ, खुलेपछि पनि व्यबसाय हुँदैन’ सबैजसो व्यबसायीको समस्या हो यो ।

भर्खर अलिअलि खुल्न थालेका न्यूरोड, पुतलीसडक सुन्धारा लगायत सपिङ कम्प्लेक्स र व्यबसायहरु पुन संकटतिर जाने देखिएको छ । सरकारले बैशाख मसान्तसम्म बन्द गर्ने घोषणा गरेपनि यो अवधि थपीने धेरैको अनुमान छ । त्यसो त ट्रेनिङ इन्स्टिच्यूट, कन्सल्टेन्सी, मेनपावर, इभेन्ट म्यानेजमेन्ट, पार्टी प्यालेसहरु, फिल्म हलहरु, नाट्य क्षेत्रहरु, रात्रीकालीन मनोरंजन क्षेत्र सबैभन्दा बढी लामो समयसम्म ठप्प रहने अनुमान छ । मानिसहरु भेला हुन नसक्ने अबस्थाले गर्दा कैयौ पार्टी प्यालेशहरु यसअघि नै बन्द भइसकेका छन् । पाच्तारे होटलहरु समेत बन्द हुने अबस्थामा छन् । अन्नपूर्ण होटल बन्द भइसकेको छ भने अरु करोडौं घाटामा संचालीत छन् । समस्या सबैतिर छ, सबैको छ । तर विशेषगरी भाडामा व्यबसाय संचालन गर्ने र गरीखाने बर्गको उठीबास लाग्ने अबस्था छ । नीजि क्षेत्रमा जागिर गर्ने कैंयौंको जागिर धरापमा छ । सरकारले नीजि क्षेत्रका कुरालाई महत्व नदिँदा नीजि क्षेत्र थप समस्यामा छ । यसले ब्यापार ब्याबसाय गरेर आफ्नो कर्म गरिरहेका ब्यापारि ब्याबसायिहरु बन्दाबन्दी लम्बिदै जाँदा अप्ठ्यारोमा पर्ने छन् । यसअघिको लकडाउनका कारण ऋण थप गरेका कारण कैंयौको ऋण थप्ने अबस्थामा समेत नहरहने अबस्था छ । यो बेला सरकार नयाँ बजेटको तयारीमा जुटेको छ । के आउला त व्यबसायीका लागि राहतका प्याकेज र गरीव बर्गका लागि हात मुख जोर्ने प्याकेज ।