Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकसँग माग्यो जवाफ

२०७८ बैशाख २२ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकसँग जवाफ माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएको खबर बाहिरिएको थियो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकलाई पत्र काटिएको पुष्टि गरेका छन् ।

एनआईसी एसिया बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ । त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको पाइएको छ । बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ ।

यो पनि हेर्नुहोस्

एनआईसी एशिया बैंकको व्याज आतंक : ऋणीलाई १६ % व्याज तोकेर पत्राचार

 

Ad