
बैंकिङ खबर/सिद्धार्थ इन्स्योरेन्स लि.ले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरिएको छ ।
इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत उक्त माक्स र सेनिटाइजर प्रदान गरेको हो । यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवकप्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।