
बैंकिङ खबर/लक्ष्मी बैंकले एपीआई बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्स बी कनेक्ट नामक एपीआइ डेभ्लोपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्ट अप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।
एलएक्स बी कनेक्ट सेन्ड बक्स इन्भाइरोमेन्ट अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआईसँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्नहुन्छ ।
लक्ष्मी बैंकले निम्न बमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआई मा पहुँच प्रदान गर्ने छ
खाता व्यवस्थापन : खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने
वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी ।
गैरवित्तीयः विनिमय दर, शाखा/ एटीएमहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि