
बैंकिङ खबर/ग्रिन डेभलपमेन्ट बैंकको सञ्चालकमा विश्व मोहन अधिकारी नियुक्त हुनुभएको छ । तत्कालिन ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई बैंकको चैत्र २८ गते सम्पन्न साधारणसभाले सर्वसाधरण शेयरधनीहरुको तर्फबाट सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिकारी विगत २५ वर्ष देखि बैंकिङ क्षेत्रमै आवद्ध रहनुभएको थियो । उहाँ साविक सिटी डेभलपमेण्ट बैंक र ओम डेभलपमेण्ट बैंकमा १३ वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।