Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

२०७८ बैशाख ९ गते


बैंकिङ खबर/ प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिष्ट्रारमा आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंलाई नियुक्त गरिएको छ ।
मिति २०७७/१२/२६ को निर्णय अनुसार डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको हो ।

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्यहरु आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने बैंकले जनाएको छ ।

बिहीबार उक्त डिबेन्चर रजिष्ट्रार सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा प्राइमकमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका गर्नुभएको छ ।

Ad