Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकको खुद नाफा बढ्यो

२०७८ बैशाख ९ गते


बैंकिङ खबर/ज्योति विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा ३८.१९ प्रतिशत बढेर ६० करोड २५ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ६.३३ प्रतिशत घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३८.२४ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ९ करोड ५४ लाख रुपैयाँ मात्र थियो। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ।

Ad