Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको मुनाफा एक अर्ब रुपैयाँ

२०७८ बैशाख ७ गते


बैंकिङ खबर/मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले ४८.७५ प्रतिशलते मुनाफा बढाएको हो । गत वर्षको यहि अवधिमा ६७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ११.८२ प्रतिशलते बढेको छ । यहि अवधिमा बैंकले एक अर्ब ८९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । तेस्रो त्रैमासिक अवधिमा ६७ अर्ब ७९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६८ अर्ब ५७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । खराब कर्जा गत वर्ष ०.०९ प्रतिशत मात्रै रहेकोमा यस वर्ष ०.२१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढेर २७ रुपैया पुगेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैया जम्मा भएको बैंकले जनाएको छ ।

Ad