Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको खुद नाफा बढ्यो

२०७८ बैशाख ७ गते


बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६३ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत र सञ्चालन मुनाफा ३६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ।

 

Ad