Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको खुद नाफा २.७ गुणाले वृद्धि

२०७८ बैशाख ५ गते

बैंकिङ खबर/कामना सेवा विकास बैंककाे चालू आवको तेस्रो त्रैमासमा गत आवको तुलनामा नाफामा वृद्धि भएकाे छ । बैंककाे आइतबार प्रकाशित वित्तीय विवरणमा उल्लेख भएअनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७२ प्रतिशत अर्थात् २ दशमलव ७ गुणाले वृद्धि भएको हो । 

गत आवको तेस्रो त्रैमासमा रू. २१ करोड ५४ लाख ९० हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ५८ करोड ६१ लाख पुर्‍याएको हो ।

 चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २५ प्रतिशत र सञ्चालन नाफा ९५ प्रतिशतले वृद्धि भएको छ । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा भने रू. ३८ करोड ८८ लाख ९७ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ । जगेडा कोषमा रू. ७७ करोड ६८ लाख ५३ हजार र रिटेन्ड अर्निङमा रू. ३९ करोड ९२ लाखभन्दा बढी रिर्जभ रहेको छ । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३१ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २९ दशमलव ४७ पुगेको छ । त्

यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ९४,तरलता अनुपात २० दशमलव २३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४४ दशमलव ३५ पुगेको छ ।

Ad