
बैंकिङ खबर । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन हुनुभएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । कम्पनीका सचिव अमित भण्डारीका अनुसार सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो । प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्टचन बाहिरिएपछि अध्यक्ष पद खाली थियो ।