Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ताप्लेजुङ्गको फक्ताङलुङमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

२०७८ बैशाख ३ गते

बैंकिङ खबर । सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्गको फक्ताङलुङ गाउँपालिका, सिवा, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
फक्ताङलुङमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ७४ पुगेको छ । ताप्लेजुङको फक्ताङलुङमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा पदमबहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ ।

बैशाख १ गते आयोजित कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा उद्घाटन फक्ताङलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष आइतराम लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा फक्ताङलुङ वडा नं. ३ का वडा सदस्य तेजवीर लिम्बु, सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतम, स्थानीय व्यवसायी तथा समाजसेवी अग्निप्रसाद सिग्देल, सनराइज बैंक लि. फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुबप्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको फक्ताङलुङ क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम.मार्फत् ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

 

Ad