
बैंकिङ खबर/नगदमा आधारित कारोबार-भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।
बैंकको नक्साल परिसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापतित्वमा भएको संक्षिप्त कार्यक्रममा उपाय सिटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी, एफ वान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल र यूके एड अन्तर्गतको ‘सीप’ का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यतामा संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिकोबीच सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।
उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझव्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ । सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्यूआर सुविधाका साथै सहुलियतकर्जा, जीवन बिमा, न्यूनतम डाउन डाउन पेमेन्ट र इएमआइ पेमेन्ट अप्सन्स लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानीगर्न आयोजित उक्त कार्यक्रमले बैंकिङ सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको बैंकले जनाएको छ ।
हाल सीमित रुपमामात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भइरहेको छ ।