Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंक लिमिटेडको यो साता चार नयाँ शाखा विस्तार

२०७७ चैत्र १३ गते


बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले यो साता चार नयाँ शाखा विस्तार गरेको छ । ग्लोबल आइएमईले बाजुरा, नवलपरासी, मोरङ र झापामा नयाँ शाखा विस्तार गरेको हो । 

बैंक लिमिटेडले शुक्रबारदेखि नवलपरासीसहित तीन जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  नवलपरासी जिल्लाको रामग्रामनगरपालिका–३, परासी, मोरङजिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

ग्लोबल आइएमई बैंकले यसै साता जिल्लामै पहिलो पटक बाजुराको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखाको सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले यसैसाता सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा समेत सञ्चालनमा ल्याएको छ ।
बैंकले,सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नुभएको थियो ।

यस्तै ग्लोबल आइएई बैंक लिमिटेडले यसैसाता ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप बैंकले यस्तो डलर कार्ड जारी गरेको हो ।

योसँगै ग्लोबल आइएमई बैंकको शाखा देशका ७६ जिल्लामा फैलिए छ भने २७३ शाखा सञ्जाल पुगेको छ । २४२ एटिएम, ४७ एक्सटेन्सनकाउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवाप्रदान गर्दै आइरहेको छ ।

Ad