Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकको क्युआर कोड भुक्तानी सेवा रुपन्देहीकाे अमुवामा

२०७७ चैत्र १२ गते


बैंकिङ खबर/  ज्योति विकास बैंकले रुपन्देहीको अमुवाबजार तथा बजारवरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० भन्दा बढी क्युआर कोड वितरण गरेको छ।

बिहीबार आयोजित क्युआर भुक्तानी प्रवर्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदूर प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजारवरपर क्षेत्रमा रहेका पसल व्यवसायीलाई क्युआरकोड हस्तान्तरण गर्नुभयो। साथै कार्यक्रममा क्युआरसम्बन्धी विभिन्न जानकारीसमेत प्रदान गरिएको थियो।