Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वीरगञ्जका तरकारी र फलफुल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

२०७७ चैत्र १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार र मोबाइल बैंकिङको प्रबद्र्घन र पहुँच विस्तार गर्न क्यु.आर.कोड मार्फत हुने भुक्तानीलाई अभियानको रुपमा अगाडी बढाएको छ ।
सोही क्रममा माछापुच्छ्रे बैंक, वीरगञ्ज शाखाले वीरगञ्जस्थित मिनाबजारमा रहेको वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीहरुलाई क्यु.आर.कोड हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रम माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यवसायीक अधिकृत भरत कुमार लम्सालको सभापतित्व, वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका निर्देशक डा. राजनकृष्ण पन्तको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मेयर विजयकुमार सरावगी र नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका निर्देशक डा. राजनकृष्ण पन्तले तरकारी पसलमागई किनमेल गरी क्य.ुआर. कोड मार्फत भुक्तानी समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष ध्रुव नेपाल, वीरगञ्ज महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, तरकारी तथा फलफुल व्यवसायी संघ वीरगञ्जका अध्यक्ष विदुर गुलान, नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उपनिर्देशक राजन प्रसाद अधिकारी, सहायक निर्देशक प्रदिप बानियाँ, वडा प्रहरी कार्यालय वीर्ताका निरीक्षक राजेश राज पुरीका साथै माछापुच्छ्रे बैंक वीरगञ्जको शाखा प्रमुख मनीष उपाध्याय लगायतको समेत उपस्थिती रहेको थियो ।

वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले कोरोना महामारीको त्रास अझै केहि बर्ष रहने हुनाले नगद कारोबारबाट हुनसक्ने संक्रमणको जोखिम न्यूनिकरण गर्न क्यु.आर.कोडमार्फत हुने भुक्तानी सेवाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । मेयर सरावगीले वीरगञ्ज महानगरपालिकाको कार्यालयमा समेत क्यु.आर.प्रविधिको सुरुवात गर्ने बताउँदै।

नेपाल राष्ट्र बैंकको पहलमा अघि बढेको यस क्यु.आर.कोड मार्फत हुने भुक्तानी अभियानलाई केन्द्रीय सरकार र स्थानीय सरकारबाट पूर्ण प्राविधिक तथा आवश्यक पूर्वाधारको सहयोग, महानगरपालिका साथ र प्रशासनीक प्रकृयामा सहजता प्रदान गर्ने प्रतिवद्घता व्यक्त गर्दै वीरगञ्ज क्षेत्रका तरकारी तथा फलफुल व्यवसायीहरुलाई बैंकमा खाता खोली, मोवाइल बैंकिङको सेवा दर्ता गराई क्यु.आर.कोड मार्फत ग्राहकबाट भुक्तानी लिन अनुरोध गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले मुद्रा र भुक्तानी प्रणालीको ऐतिहासिक विकासक्रम, क्यु.आर.कोड भुक्तानी प्रणालीका अन्तर्राष्ट्रिय परिवेश र नेपालमा क्यु.आर.कोड भुक्तानी प्रणालीको अवस्था, बढ्दो स्मार्ट फोनको प्रयोग, वित्तीय साक्षरता, विस्तारीत वित्तीय पहुँचका कारणले नेपालमा क्यूृ.आर कोड भुक्तानी प्रणालीका प्रचुर संम्भावना रहेको बताउनु भयो ।

साथै नेपाल राष्ट्र बैंकको स्वास्थ्य, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्ने मुख्यभूमिका रहेको बताउँदै फागुन १७, २०७७ मा अन्तर्राष्ट्रिय मापदण्डको ‘क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ २०२१ जारी गरी ग्राहकसंग कुनै शूल्क लिन नपाइने, क्यू.आर. एप सुरक्षा र अडिट लगायत ग्राहक गुनासो सुनुवाईको समेत व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यवसायीक अधिकृत श्री भरत कुमार लम्सालले व्यवसायीहरुलाई खाता खोल्ने देखी लिएर अन्य कागजी प्रकृयमा सहजता प्रदान गरिने बताउनु भयो। वहाँले क्यु.आर.कोड मार्फत हुने भुक्तानीमा निःशुल्क सुविधा रहेको र यो सुविधा लिइग्राहकहरु लाभान्वित हुने र बैंकिङ कारोबार तथा भुक्तानी प्रकृया सहज हुने बताउनुभयो ।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले क्युआर कोड सजिलो, सहज र भरपर्दौ सेवा भएकोले सम्पूर्ण व्यवसायीहरुलाई यस सेवामा आवधभई राज्य तथा केन्द्रीय बैंकले लिएको नगदरहित कारोबारको लक्ष्यलाई सहयोग पुर्याउन अनुरोध गर्नुभयो ।

Ad