
बैंकिङ खबर/अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आइ कार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इ कमर्स सिटरमार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानीगर्न सक्नेछन । सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमाअमेरिकी डलर ५०० बराबर को परिवत्र्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् ।
बैंक-वित्त
नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइ कार्ड’
२०७७ चैत्र ११ गते