Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको अगुवाईमा ठूलो खोला जलविद्युत आयोजनामा २ अर्ब ५२ करोड लगानी

२०७७ चैत्र ९ गते

बैंकिङ खबर/  नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागी आवश्यक पर्ने वित्तिय स्रोत जुटेको छ ।

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एन. आर. एन. समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रा.लि.ले विकाश गर्न लागेको उक्त जल विद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ ।

रु. ३ अर्ब ६० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको विभिन्न ४ वटा बैंक तथा वित्तिय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा रु. २ अर्ब ५२ करोड भन्दा बढी लगानीगर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता ऋणीका तर्फबाट संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा.बद्री के.सी. तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक समारोहकाबीच एक आपसमा हस्तान्तरण गरेका छन् ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा रु. ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. ६६ करोड, सिद्धार्थ बैंकद्वारा रु. ६४ करोड तथा सनराईज बैंकद्वारा रु. ४७करोडगरी जम्मा रु. रु. २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको बित्तिय प्रबन्ध गरिएको हो ।

नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र विष्लेषण गरी उचित निष्कर्षमा पुगेको र यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने विचार ब्यक्त गर्नुभयो ।

उहाँले यस आयोजनाका प्रबद्र्धकहरु आफैमा प्रतिष्ठित व्यक्तित्व तथा व्यवसायी भएको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने र यस अघि दरम खोला जलविद्युत आयोजना विकाश गरी निरन्तर रुपमा बिद्युत उत्पादनभईरहेकोे हुँदा उहाँहरुको कार्यको जाँच भैसकेको, यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने विश्वास प्रकट गर्नु भयो ।

सम्झौता कार्यक्रममा डेभलपर संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा. बद्री के.सी.ले यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताकासाथ गरेको कार्यको सह्राना गर्नुहुँदै सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार ब्यक्त गर्नुभयो ।

साथै उहाँले निमार्ण कार्यलाई चुस्त दुरुस्त पारी यस ठूलो खोला जलबिद्युत आयोजनालाई नमुनाको रुपमा समय र कम लागतमा निमार्ण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Ad