Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निफ्राले माग्यो विज्ञसूचीका लागि वैश्विक आवेदन

२०७७ चैत्र ५ गते

बैंकिङ खबर/  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पूर्वाधार विकासका क्षेत्रमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परामर्शदाता, विषय विज्ञ एवं विशिष्टीकृत संस्थालाई सूचीकृत आह्वान गरेको छ । बैंकले आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्ने हेतुले आशयको सूचना प्रकाशन गरेको हो ।

बैंकले यातायात, ऊर्जा, कृषि, पर्यटन, विशेष आर्थिक तथा औद्योगिक क्षेत्र, सामाजिक र सहरी पूर्वाधार तथा सूचना एवं सञ्चार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा कार्यरत व्यक्ति वा संस्थाहरूलाई ‘निफ्रा एक्सिलेन्स सेन्टर’ मा सूचीकृत हुन भनेको छ । बैंकले सूचीकरणका लागि आवेदन अवधि एक महिनाको तोकेको छ ।

सेन्टरमा सूचीकृत हुने व्यक्ति एवं संस्थालाई बैंकले आवश्यकताबमोजिम अल्पकालीन एवं दीर्घकालीन रूपमा पूर्वाधारका परियोजनाको पहिचानदेखि निर्माण एवं सञ्चालनसम्मका विभिन्न चरणमा विज्ञको रूपमा प्रयोग गर्नेछ । यसका साथै सूचीकृत विज्ञलाई पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरूलाई अंगीकार गर्न आवश्यक नीति–नियम तर्जुमामा समेत सहभागी गराउने बैंकले जनाएको छ । आशयपत्रसम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाइट निफ्राबैंकडटकममा उपलब्ध छ ।

 

Ad