Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुर्यादय लघुवित्तको आईपीओ आउँदै : हेर्नुस्, कहाँ दिने आवेदन ?

२०७३ श्रावण ३१ गते

suryodayaसूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) भदौ १२ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले १०० रुपैयाँ दरका एक लाख २० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
 
कुल सेयरमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता आफ्ना कर्मचारीहरुलाई छुट्याएको छ । यसबाट बचेको एक लाख नौं हजार २ सय कित्ता सेयरका लागि मात्र सर्वसाधारण भाग लिन पाउँछन् । सर्वसाधारणले सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा १००० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । 

कहाँ दिने आवेदन ?

suryodaya