
बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लिमिटेडले साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई सम्मान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ बाट डा. लम्साललाई सम्मान गरेको हो । संस्थाले वार्षिक रूपमा प्रदान गर्दै आएको यो पुरस्कारको नगद राशि ५१ हजार रूपैयाँ छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री जलजकुमार अधिकारीले डा. लम्साललाई सम्मानपत्रसहित पुरस्कार रकमबराबरको चेक हस्तान्तरण गरे । डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको बैंकले जनाएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्घता बैंकले जनाएको छ ।