बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी बोधराज देवकोटाले पाएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सिइओमा नियुक्त गरेको हो ।
देवकोटा यसअघि सिटिजन्स बैंक इन्टरनेसनलमा नायव प्रमुख अधिकृतका रूपमा कार्यरत थिए । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।