Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकले स्थानीय तयारी पोसाक उत्पादकलाई आकर्षक ब्याजदरमा कर्जा दिने

२०७७ फाल्गुन २८ गते

बैंकिङ खबर/  मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । बैंक र संघबीच सुलभ ब्याजदरमा कर्जा सुविधाबारेको सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको बैंकले जनाएको छ ।

सम्झौतासँगै नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आफ्नो व्यावसाय प्रवर्धन गर्न मद्दत मिल्ने विश्वास बैंकले लिएको छ । व्यवसायीले मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत यो सम्झौताबमोजिमको कर्जा सुविधा लिन सक्ने जानकारी बैंकले दिएको छ । सम्झौता कार्यान्वयनपछि स्वदेशी उत्पादनको प्रवर्धनमार्फत राष्ट्रनिर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीतिबमोजिम व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जासमेत उपलब्ध गराउने बताएको छ ।

Ad