Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंक र आइएसओएनबीच सम्झौता, बैंकका कार्ड प्रयोगकर्तालाई प्रतिष्ठित विदेशी अस्पतालमा छुट

२०७७ फाल्गुन २६ गते

ङ खबर/  सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्योपचार सुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विश्वभरका ५ सयभन्दा बढी अस्पतालमा स्वास्थ्योपचार गराउँदा ५ देखि ७ प्रतिशतसम्म छुट पाउनेछनन् । सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आइएसओएन हेल्थकेयरका तर्फबाट बिजनेस डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आइएसओएन हेल्थकेयरको सम्बन्धन भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशका प्रतिष्ठित अस्पतालहरूसँग रहेको छ । सम्झौतासँगै आइएसओएन हेल्थकेयरअन्तर्गत भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङ्कक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटललगायतमा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले उपचारशुल्कमा छुट पाउने भएका हुन् ।

सानिमा बंैकले देशभर ८६ वटा शाखा सञ्चालनमा छन् । त्यसैगरी, बैंकले १७ वटा विस्तारित काउन्टरर र ९६ वटा एटिएममार्फत बैंकिङ सेवा दिइरहेको छ । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा स्वदेशमा पनि विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

Ad