मुक्तिनाथविकास बैंक लि.ले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘Ask Mukti Bhai’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यसभर्चुअल सहयाता (Virtual Assistant) सेवा मार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवाइन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा सेवा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) आधारित यो च्याटवट (Chatbot) सेवा डिजिटल बैंकिङ्गको अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ ।
यस सेवाको लागि बैंकको वेबसाइट www.muktinathbank.com.np मा गएर दायाँतर्फ Ask Mukti Bhai वा बैंकको मासकट ‘मुक्तिभाई ’किल्कगरेर त्यहाँछनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको Atm बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।