कोरोना संक्रमणपछि वित्तीय क्षेत्र र अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको छ । कोरोना संक्रमणले पारेको असरलाई चिर्दै लघुवित्त क्षेत्र पनि अघि बढेको छ । ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको लघुवित्त क्षेत्रको महतव् भने थप बढेर गएको छ । कोरोनापछि कृषि तथा उद्यमशीलतामा लाग्नेहरुको संख्या थप बढेको छ । यसै सन्दर्भमा रहेर लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय लघुवित्तकर्मी तथा उन्नति सहकार्य लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकलाई हामीले ३ प्रस्न गरेका छौं ।
कोभिडपछि ग्रामिण अर्थतन्त्र र लघुवित्तको अवस्था के कस्तो रहेको पाउनुभएको छ ?
हाल कोभिडपछि नेपाल सरकारबाट व्यवस्था भएको खोपको कारणले मानिसहरुमा विस्तारै आत्मविशवास बढिरहेको छ । व्यवसायीहरुमा कोभिडका कारणले गर्दा डर, त्रास भइरहेको अवस्थामा एक प्रकारको मनोवैज्ञानिक डर थियो । यस्तै अवस्था रहेमा भोलिको दिनमा काम नपाईने, व्यबसाय नहुने र खान समेत नपाइने हो कि भन्ने अबस्था थियो । तर पछिल्लो समयमा कोभिड विरुद्धको भ्याक्सीन समेत आइसकेको हुँदा कामहरु सुचारु हुन थालेका छन् । कामसँगै लघुवित्तको किस्ता तिर्न सुरु भएको छ । जुन किसिमको त्रास समाजमा थियो बिस्तारै अब त्यो त्रास हटीसकेको छ । अहिलेको अवस्थामा रोकिएको व्यापारव्यवसाय अगाडि बढाउनु पर्छ भन्ने सोच र आत्मविश्वास राखेर रोकिएको कामहरु विस्तारै सुचारु भइरहेको हामीले पाएका छौं ।
तपाईंको विचारमा अबका दिनमा लघुवित्तको उत्थान र विस्तारका लागि के के गरीनु पर्छ जस्तो लाग्छ ?
हालको माहामारीको अवस्थामा लघुवित्तको उत्थान र विस्तारको लागी नियमनकारी निकायबाट करको दायरामा छुट गरीदिन सके प्रभावकारी हुन सक्थ्यो । अहिले बंैक तथा वित्तीय क्षेत्रमा हामीले पाउने स्रोत व्याज कम भएको अवस्था यसलाई उचित समाधान गरी दिर्घकालिन रुपमा लैजानको लागी हामीलाई सर्वसाधारणले गरेको विश्वसनियता र हाम्रो पूँजीकोआधारमा केन्द्रीय बैंकले आफ्नो श्रोतलाइ उनिहरुबाट लिने व्यवस्था गर्दा उचित हुने थियो । यस्तै लघुवित्तको विस्तारको लागि भन्नु पर्दा अहिले माइक्रो फाइनान्सहरु मर्ज र एक्युजिशनको अवस्थामा छन् । पहिलेको जस्तो नयाँ संस्थाहरु खुलेर विस्तार गर्नु भन्दा पनि भएको संस्थाहरुको कार्यक्षेत्र विस्तार र कारोवार विस्तार गरीनु पर्दछ । अहिले राष्ट्र बैंकले सहुलियत कर्जाहरु दिन लागेको अवस्था छ । सहुलियत कर्जा पनि हामीले हाम्रो ग्राहकहरुलाई केन्द्रीय बैंकले दिएको छुटको आधारमा सेवा पुर्याउन उपयुक्त मानीएको छ । अहिले हाम्रो सेवा ग्राहकहरु समक्ष पुगीसकेको छैन । अब राष्ट्र बैंकबाट कार्यविधी बन्ने अवस्थामा छ र त्यस पश्चात यो सेवा हामीले ग्राहक समक्ष पुर्याउने छौ । त्यसले पनि व्यवसायीहरु माझ राम्रो संदेश दिने छ । लघुवित्तमा पनि अबको आवश्यक्ता भनेको डिजिटलाइजेसनमा जाने नयाँ नयाँ टेक्नोलोजी भित्र्याउने, प्रोडक्ट सर्भिसेजहरु समय सापेक्ष सुधार गर्दै लाने र ग्राहक सदस्य, सर्वसाधारण, सरकार तथा सम्बन्धित निकाय सबैको चित्त बुझ्नेगरी संस्थाहरुले पनि आफ्नो बिचार, सुदृढता र सक्षमतामा ध्यान दिनु आवश्यक छ ।
वित्तीय साक्षरता र बैंकिङ पहुँचको विस्तारमा लघुवित्तको भूमिका महत्वपूर्ण मानिन्छ, यस कुरालाई अझ शसक्त बनाउनको कस्तो किसिमको कार्यक्रम आवश्यक पर्दछ ?
वित्तीय साक्षरता र बैंकिङ पहुँचको अभिवृद्धि गर्न सर्वप्रथम आम संचारको अहम् भूमिका हुन्छ । हामीले विगतका दिनहरुमा गरेका कार्यक्रमहरु प्रभाबकारी रह्यो । अझ अबका दिनहरुमा अशिक्षित वर्ग र ग्रामिण क्षेत्रमा विपन्नवर्गमा सेवापुर्याउने संघ संस्था र मिडिया इन्टरनेशनल जस्तो संस्थाले वित्तीय क्षेत्रमाअझ बढि प्रभावकारी कार्यक्रम ल्याउन सकेमा हाम्रो वित्तीय साक्षरताको अभियान प्रभावकारी हुनेमा आशावादी छौ ।



