Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब ई–रिक्सामा डिजिटल बैंकिङ कारोबार, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो योजना

२०७७ फाल्गुन ६ गते

बैंकिङ खबर । अब ई–रिक्सामा पनि डिजिटल बैंकिङ कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल यात्रामा रुपन्देहीबाट शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ई–रिक्सामा डिजिटल बैंकिङ कारोबार सुरु गरेको हो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले लुम्बिनी प्रदेशको प्रमुख शहर सिद्धार्थनगर भैरहवामा सो कार्यक्रमको सुरुवात गर्नुभयो । उहाँले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरी ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुभारम्भ गर्नुभयो । उक्त अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताउनु भयो । ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको जानकारी गराउनु भयो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै, डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरणको कार्यक्रम गरेकोमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा सालझण्डी शाखाको शाखा प्रमुख अञ्जली के.सी. ले सहजीकरण गर्नु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसन तर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Ad