Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फागुन पहिलो साता मौद्रिक नीति समीक्षाको तयारी, सेयर धितोमा कडाइ हुने !

२०७७ माघ ३० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले फागुनको पहिलो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गर्ने बुझिएको छ । बैंकहरुले सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले कडाई गर्ने भएको हो । बैंकहरुले सेयरधितो कर्जालाई प्राथमिकतामा राख्दै आउका छन् । पछिल्लो समय सेयर बजार राम्रो व्स्तिार हुनुका साथै सेयर बजारमा उछाल नै आएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शेयरमा बैंकको ऋण सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी छ । हाल बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जा करिव ५० प्रतिशत बृद्धि भएको छ ।

Ad