
बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडको माघ १६ गतेका दिन बसेको संचालक समितिको ३६२औं बैठकबाट मनोज कुमार केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । उहाँले आज बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष गभर्नरको कार्यालयमा बैंकको संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँ यसअघि पनि मिति २०७३/११/०५ देखि २०७७/१०/१६ सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आउनु भएको थियो ।