बैंकिङ खबर । बैंकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । २७ वाणिज्य बैंकहरुले नै नाफाको विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कमाउँदै शिर्ष स्थानमा रहन सफल भएको छ भने एनआईसी एशिया, नबिल बैंक, प्राइम कर्मशियल बैंक र राष्ट्रिय वाणिज्य बैंक पनि बढी नाफा कमाउनेकै सूचीमा रहेका छन् ।
हेर्नुहोस् सर्वाधिक नाफा कमाउने ५ वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको नाफा विवरण

ग्लोबल आईएमई बैंक :
ग्लोबल आईएमई बैंकले पुस सम्म २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वषको सोही अबधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा यो ३७.३२ प्रतिशतको वृद्धि हो ।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ छ भने संचालन मुनाफा ३ अर्ब २३ करोड ७६ लाख रहेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया :
एनआइसी एशिया बैंकले २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नबिल बैंक :
नबिल बैंकले २ अर्ब १ करोड ६० लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको सोही अवधिको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ४ करोड १८ लाख रुपैया बराबरको खुद नाफा कमाएको थियो । १३ अर्ब ४८ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको वितरण योग्य नाफा १ अर्ब ८४ करोड रुपैंया छ । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १२ करोड २६ लाख रुपैंया बराबर रहेको छ भने बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँमा पुगेको छ । यस्तै, कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

प्राइम कर्मशियल बैंक :
प्राइम कर्मशियल बैंकले पुस मसान्तसम्म रु. १ अर्ब ८१ करोड ३३ लाख २९ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब ३० करोड ७ लाख खुद नाफा कमाएको थियो । १ खर्ब ३० अर्ब ९९ करोड ५२ लाख निक्षेप संकलन गरेको बैंकको वित्तरणयोग्य नाफा भने १ अर्ब २६ करोड ४२ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस्तैर्, बैंकले रु. १ खर्ब १९ अर्ब २७ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ ।
१६ अर्ब ८ करोड ३० लाख चुक्तापुँजी रहेको बैंककोे प्रति शेयर आम्दानी २२.५५ रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु. १ अर्ब ७४ करोड ८८ लाख बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीसम्म बैंकले २ अर्ब २० करोड ९४ लाख बराबरको खुद नाफा कमाएको थियो । बैकको यो नाफा रकम गत आवको सोही अवधीको तुलना रु ४६ करोड ६ लाख अर्थात २१ प्रतिशतले कम हो । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रु ३ अर्ब ९१ करोड २ लाख खुद ब्याज आम्दानी कमाएको छ । यस्तै, बैंकले रु २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख निक्षेप संकलन गरेको छ भने रु १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख कर्जा लगानी गरेको छ । चुक्ता पूँजी रु ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.८४ रुपैयाँ छ ।