
बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा मिति २०७७ माघ १६ गते शुक्रबार काठमाण्डौं, बालुवाटार स्थित आम्रपाली बैङक्वेटमा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड(१९ महामारीको जोखिम कायमै रहेको र हालसालै नेपालमा कोभिड–१९ को नयाँ प्रजाति/भेरियन्टको संक्रमण पनि देखिएको अवस्थालाई मध्यनजर गर्दै यस बैंकको वार्षिक साधारण सभा अनलाईन (भर्चुुअल) माध्यम मार्फत सम्पन्न गरिएको थियो ।
साधारण सभाले बैंकको चुक्ता पूँजी रु. ९,७८,७७,६७,१३८/–(अक्षरेपी नौ अर्ब अठहत्तर करोड सतहत्तर लाख सतसठ्ठी हजार एक सय अडतीस रुपैंया/-) को १२ प्रतिशत बराबरको रु.१,१७,४५,३२,०५७ (अक्षरेपी एक अर्ब सत्र करोड पैतालिस लाख बत्तीस हजार सन्ताउन्न रुपैंया) को बोनस शेयर तथा ३ प्रतिशत बराबरको रु.२९,३६,३३,०१४/–(अक्षरेपी उनान्तीस करोड छत्तीस लाख तेत्तीस हजार चौध रुपैंया) को नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साथै, बैंकको उन्नाइसौं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट दिनेश शंकर पालिखेर अंकित केडिया निर्विरोध निर्वाचित हुनुभएको छ ।