Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२७ वाणिज्य बैंकको नाफा-घाटा कति ? (रिपोर्ट सहित)

२०७७ माघ १६ गते

अपेक्षा ढुंगाना । बैंकङ खबर । बैंकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । २७ वाणिज्य बैंकहरुले नै नाफाको विवरण सार्वजनिक गरिसकेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कमाउँदै शिर्ष स्थानमा रहन सफल भयो भने सिभिल बैंकले केवल २० करोड २९ लाख रुपैँया मात्र आर्जन गर्न सकेको छ । सबै बैंकहरुको नाफा हेर्दा औषतमा १ अर्ब १५ करोड ९ करोड लाख रुपैँया देखिन्छ ।

ग्लोबल आईएमई बैंक :
ग्लोबल आईएमई बैंकले पुस सम्म २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वषको सोही अबधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा यो ३७.३२ प्रतिशतको वृद्धि हो ।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ छ भने संचालन मुनाफा ३ अर्ब २३ करोड ७६ लाख रहेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया :
एनआइसी एशिया बैंकले २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नबिल बैंक :
नबिल बैंकले २ अर्ब १ करोड ६० लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको सोही अवधिको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ४ करोड १८ लाख रुपैया बराबरको खुद नाफा कमाएको थियो । १३ अर्ब ४८ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको वितरण योग्य नाफा १ अर्ब ८४ करोड रुपैंया छ । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १२ करोड २६ लाख रुपैंया बराबर रहेको छ भने बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँमा पुगेको छ । यस्तै, कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

प्राइम कर्मशियल बैंक :
प्राइम कर्मशियल बैंकले पुस मसान्तसम्म रु. १ अर्ब ८१ करोड ३३ लाख २९ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब ३० करोड ७ लाख खुद नाफा कमाएको थियो । १ खर्ब ३० अर्ब ९९ करोड ५२ लाख निक्षेप संकलन गरेको बैंकको वित्तरणयोग्य नाफा भने १ अर्ब २६ करोड ४२ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस्तैर्, बैंकले रु. १ खर्ब १९ अर्ब २७ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ ।
१६ अर्ब ८ करोड ३० लाख चुक्तापुँजी रहेको बैंककोे प्रति शेयर आम्दानी २२.५५ रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु. १ अर्ब ७४ करोड ८८ लाख बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीसम्म बैंकले २ अर्ब २० करोड ९४ लाख बराबरको खुद नाफा कमाएको थियो । बैकको यो नाफा रकम गत आवको सोही अवधीको तुलना रु ४६ करोड ६ लाख अर्थात २१ प्रतिशतले कम हो । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रु ३ अर्ब ९१ करोड २ लाख खुद ब्याज आम्दानी कमाएको छ । यस्तै, बैंकले रु २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख निक्षेप संकलन गरेको छ भने रु १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख कर्जा लगानी गरेको छ । चुक्ता पूँजी रु ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.८४ रुपैयाँ छ ।

एनएमबी बैंक :
एनएमबी बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १ अर्ब ६१ करोड ४० लाख खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब ९ करोड २७ लाख खुद नाफा कमाएको थियो । वित्तरणयोग्य नाफा १ अर्ब ५० करोड ९७ लाख रहेको बैंकले समिक्षा अवधीसम्ममा १ खर्ब ४२ अर्ब ५६ करोड ६६ लाख निक्षेप संकलन गरेको छ । यस्तै, चुक्तापुँजी रु. १४ अर्ब ४४ करोड ७७ लाख रहेको छ भने रु. १ खर्ब ३७ अर्ब २९ करोड २० लाख कर्जा प्रवाह गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक :
नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५८ करोड ६६ लाख नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ छ । बैंकले १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ छ ।

प्रभु बैक :
प्रभु बैकले ६ महिनामा डेढ अर्ब नाफा कमाएको छ । बैंकले चालु आ.व. को दोस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड ८७ लाख रुपैंया बराबरको खुद नाफा कमाएको हो । बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड ५७ लाख नाफा कमाएको थियो । जुन ३९.८७ प्रतिशतको वृद्धि हो । बैंकले सो अवधिसम्म ३ अर्ब ८३ करोड ५१ लाख ४३ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी २६.७७ रुपैयाँ देखिएको छ । ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ छ ।

नेपाल बैंक :
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९ लाख ७३ हजार रुपैयाले कम हो । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैंयाँ रहेको छ, भभने बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख रुपैंयाँ पुगेको छ ।
बैंकको निक्षेप १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंक :
कृषि विकास बैंकको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकले १ अर्ब ३२ करोड १७ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकको नाफा १ अर्ब ५८ करोड १७ लाख २७ हजार रुपैयाँ थियो । चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको वितरण योग्य नाफा भने ८० करोड ९५ लाख ८८ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको सञ्चालन नाफा १ अर्ब ८९ करोड ४७ लाख रहेको छ । पुस मसान्तसम्म बैंकले १ खर्ब ३२ अर्ब ४८ करोड ५१ लाख ४५ हजार कर्जा प्रवाह गरेको छ ।

मेगा बैंक नेपाल :
मेगा बैंकले पुस मसान्तसम्म १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकले ९५ करोड २ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा ३७.२८ प्रतिशतले बृद्धि भएको हो । पुस मसान्तसम्म बैंकले १ खर्ब २८ अर्ब ६२ करोड ४२ लाख ८५ हजार निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार कर्जा प्रवाह गरेको छ ।
१ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकको चुक्तापूँजी १४ अर्ब ६६ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य नाफा ६८ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ ।

कुमारी बैंक :
कुमारी बैंकले सुधार गरेको छ । बैंकले ६ महिनामा एक अर्ब २१ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ८० करोड ३० लाख रुपैयाँ नाफा रहेको थियो ।

सानिमा बैंक :
सानिमा बैंकको नाफा घटेको छ । बैंकको नाफा ७.३७ प्रतिशतले घटेको हो । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड २८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड ७४ लाख खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ । बैंकको २ अर्ब १६ करोडको आम्दानी एक अर्ब ९९ करोडमा झरेको हो । समीक्षा अवधिमा बैंककोे सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकले १ खर्ब १० अर्ब २४ करोड १४ लाख निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब ५४ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।

एभरेष्ट बैंक :
एभरेष्ट बैंकले पुस मसान्तसम्म ९६ करोड १९ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आ.व.को सोही अवधीसम्म १ अर्ब ५० करोड ९८ लाख रुपैंया बराबरको खुद नाफा कमाएको थियो । बैंकको नाफामा ३६.२९ प्रतिशत कमी आएको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ । ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

सनराइज बैंक :
सनराइज बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ०.५३ प्रतिशतको बृद्धि हो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको निक्षेप ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बंगलादेश बैंक :
नेपाल बंगलादेश बैंकले ९४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३५ करोडबाट घटेर एक अर्ब २४ करोडमा आएको छ । बैंकको निक्षेप ६६ अर्ब ४३ करोडबाट ७० अर्ब ८ करोड पुगेको छ ।

सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकले पुस मसान्तसम्म रु. ९१ करोड ८७ लाख खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब २ करोड ६५ लाख खुद नाफा कमाएको थियो ।१ खर्ब ५७ अर्ब ७९ करोड १४ लाख निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ३६ करोड ८७ लाख कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी रु. ९ अर्ब ७८ करोड ७७ लाख रहेको बैंकको प्रति शेयर आम्दानी १८.८२ रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंक  :
सिटिजन्स बैंकको चालु आर्थिकको दोस्रो त्रैमास वित्तीय विवरण अनुसार बैंकले ८७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्षको सो अवधिमा ३३ करोड ८५ लाख नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप एक खर्ब ४ अर्ब नाघेको छ भने ऋण लगानी ८७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंक :
लक्ष्मी बैंकले ८० करोड ७१ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्म आइपुग्दा १ खर्ब ६ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले पुस मसान्तसम्म बैंकले ८० करोड २८ लाख खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीसम्म बैंकले ८२ करोड १८ लाख ५० हजार रुपैंया बराबरको नाफा कमाएको थियो । ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९८ करोड ८४ लाख पुगेको छ । यस्तै, बैंकको कर्जा लगानी १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७२ करोड ७६ लाख ३९ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब २२ करोड ६९ लाख खुद नाफा कमाएको थियो । बैंकले ८३ अर्ब ५० करोड ८५ लाख निक्षेप संकलन गरेको छ भने ५३ अर्ब १२ करोड ४८ लाख कर्जा प्रवाह गरेको छ । ८ अर्ब ५७ करोड २२ लाखे चुक्तापुँजी रहेको बैंकको वित्तरणयोग्य नाफा भने ६१ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

बैंक अफ काठमाण्डू :
बैंक अफ काठमाण्डूले ७० करोड ८५ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तमा आइपुग्दा ९५ अर्ब २५ करोड रुपैया निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंक :
हिमालयन बैंकले पुसमसान्त सम्म ६५ करोड ३३ लाख खुद नाफा कमाएको छ । १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

एनसीसी बैंक :
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चालु आवको पुुसमसान्तसम्म ६१ करोड ४० लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीसम्म ७५ करोड ६३ लाख ४८ हजार नाफा कमाएको थियो । गत आवको सोही अवधीसम्मको तुलना बैंकको खुद नाफा १८.८१ प्रतिशतले कम हो । बैंकको हाल वितरण योग्य नाफा ४१ करोड ६६ लाख ७५ हजार रहेको छ । चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले रु. १ अर्ब ८७ करोड १७ लाख ९७ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ६५ करोड ९५ लाख खुद नाफा कमाएको थियो । १ खर्ब ३ अर्ब २४ करोड ६५ लाख निक्षेप संकलन गरेको बैंकको वित्तरणयोग्य नाफा१४ करोड ११ लाख २१ हजार रुपैयाँ रहेको छ ।
८ अर्ब ९५ करोड ६२ लाख चुक्तापुँजी रहेको बैंकको प्रति शेयर आम्दानी ११.५० रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंक :
सेञ्चुरी बैंकले ४६ करोड ६६ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्म आइपुग्दा ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७२ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सिभिल बैंक : 
सिभिल बैंकले २० करोड २९ लाख खुद नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्म ७७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै बैंकले ६८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Net Profit

2nd Quarter of Fiscal Year 2077/78

Name of Bank

Amount (Rs. in Crore)

Agricultural Dev. Bank Limited

132.17

Bank of Kathmandu Limited

70.85

Century Commercial Bank Limited

46.66

Citizens Bank International Limited

87.52

Civil Bank Limited

20.29

Everest Bank Limited

96.19

Global IME Bank Limited

231.51

Himalayan Bank Limited

65.33

Kumari Bank Limited

121.66

Laxmi Bank Limited

80.71

Machhapuchchhre Bank Limited

80.28

Mega Bank Nepal Limited

130.45

Nabil Bank Limited

201.60

NCC Bank Limited

61.40

Nepal Bangladesh Bank Limited

94.13

Nepal Bank Limited

135.04

Nepal Investment Bank Limited

158.66

Nepal SBI Bank Limited

51.49

NIC Asia Bank Limited

206.05

NMB Bank Limited

161.40

Prabhu Bank Limited

151.87

Prime Commercial Bank Limited

181.33

RastriyaBanijya Bank Limited

174.89

Sanima Bank Limited

106.28

Siddhartha Bank Limited

91.87

Standard Chartered Bank Nepal Ltd

72.76

Sunrise Bank Limited

94.94

Average

115.09

 

 

 

Ad