बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा घटेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १६ करोड ४८ लाख ५ हजार खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा १९ करोड १३ लाख खुद नाफा कमाएको थियो । यस अवधीमा बैंकले ३४ अर्ब ५५ करोड १२ लाख निक्षेप संकलन गरेको छ भने २७ अर्ब २४ करोड ३३ लाख प्रवाह गरेको छ । बैंकको खुद आम्दानी भने ५४ करोड २१ लाख रुपैयाँ रहेको छ भने बैंकको वित्तरणयोग्य नाफा ८ करोड २४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
हाल रु. २ अर्ब ६० करोड ६६ लाख चुक्तापुँजी रहेको बैंकको प्रति शेयर आम्दानी १२.६५ रुपैयाँ रहेको छ ।