बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक बर्ष २०७७/०७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु. १ अर्ब ७४ करोड ८८ लाख बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीसम्म बैंकले २ अर्ब २० करोड ९४ लाख बराबरको खुद नाफा कमाएको थियो । बैकको यो नाफा रकम गत आवको सोही अवधीको तुलना रु ४६ करोड ६ लाख अर्थात २१ प्रतिशतले कम हो । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रु ३ अर्ब ९१ करोड २ लाख खुद ब्याज आम्दानी कमाएको छ । यस्तै, बैंकले रु २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख निक्षेप संकलन गरेको छ भने रु १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख कर्जा लगानी गरेको छ । चुक्ता पूँजी रु ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.८४ रुपैयाँ छ ।