Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बचतकर्तामा व्याजदरको परिवर्तनले ल्याएको नैरास्यता !

२०७७ माघ १४ गते

अपेक्षा ढुंगाना । बैंकिङ खबर । बैंकहरुले प्रदानगर्ने निक्षेपको व्याजदरको परिवर्तनले बचतकर्तामा नैरास्यता ल्याउँन थालेको छ । व्याज अत्याधिक घटेपछि बैंकमा बचत गर्नेहरु निराश हुन थालेका हुन् । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ३ करोड भन्दा बढी निक्षेप खाता छन् जसमध्ये पनि अधिकांश बचत खाता रहेका छन् । जसले बैंकमा आफ्नो पूँजी सुरक्षित रहन्छ, चाहिएको बेला पाइन्छ र व्याज पनि पाइन्छ भन्ने आशले राखेका हुन्छन् । तर निक्षेपमा व्याज घट्न थालेपछि उनीहरु निराश बन्दै गएका छन् । कुनै समय व्याज बढी भएकै कारण नेपाल बैंकर्स संघले व्याजमा एकरुपता कायम गर्ने भन्दै निक्षेपमा ११ प्रतिशतभन्दा बढी व्याज दिन नपाउने निर्णय गरेको थियो । जतिबेला बैंकहरुले निक्षेप संकलनमा व्याज बढाउँदै जाँदा १३ प्रतिशतसम्म व्याज दिएका थिए । अहिले बैंकमा कर्जाकै व्याजदर एकल अंकमा झरीसकेको छ । बाणिज्य बैंक र विकास बैंकहरुले १० प्रतिशत भन्दा कम व्याजमा ऋण दिन थालेका छन् । बैंकर्स संघले व्याजदरको सिन्डिकेट तोडेर खुल्ला बनाइसकेको छ । संघले प्रतिश्प्रर्धाका आधारमा व्याजदर लागु गर्ने निर्णय गरेको हो । कुनै समय बैंकमा निक्षेप गरेरै व्याज खान्छु भन्नेहरु अहिले व्याज अति कम हुन थालेपछि अप्ठ्यारोमा परेका छन् । व्याजदर बढाउँदा चौतर्फी चर्चा लिने बैंकहरुले व्याजदर घटाउँदा भने आफ्ना ग्राहकहरुलाई सूचना दिन समेत आवश्यक ठान्दैनन् । यसले ग्राहकहरुको बैंक प्रतिको विश्वास घटाउन सक्छ ।
हाल बैंकमा पैसा थुप्रीएको छ । लगानी योग्य पुँजी धेरै छ । लकडाउनका कारण लगानीका क्षेत्रहरु साँघुरीएका छन् । केही व्यबसायहरु संचालनमा आएको भएतापनि व्यापार व्यबसाय राम्रो हुन सकेको छैन । बजारमा तरलता बढीरहेको छ । कोरोनाको प्रभावसँगै बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर क्रमशः घटाए । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको हो । वाणिज्य बैंकहरुको बचतको व्याजदर हेर्दा औषतमा २.२५ प्रतिशत न्युन र ४.१३ प्रतिशत उच्च रहेको देखिन्छ । कुनै समय बैंकमा निक्षेप राखेरै व्याज खान्छु भन्नेहरु अहिले ब्याजको गिरावटले निराश बन्न थालेका हुन् । व्याजदर बढाउँदा चौतर्फी चर्चा लिने बैंकहरुले व्याजदर घटाउँदा भने आफ्ना ग्राहकहरुलाई सूचना दिन समेत आवश्यक ठान्दैनन् । यसले ग्राहकहरुको बैंक प्रतिको विश्वास घटाउन सक्छ ।

वाणिज्य बैंकहरुको बचतको व्याजदर हेर्दा औषतमा २.२५ प्रतिशत न्युन र ४.१३प्रतिशत उच्च रहेको देखिन्छ । माघ १३,२०७७ सम्मको वाणिज्य बैंकहरुको बचत खातामा दिने व्याजदर न्युन (Low) र उच्च (High) निम्न रहेका छन् ।

Saving Deposit Interest Rates

As on January 26, 2021

Name of Bank

Low

High

Agricultural Dev. Bank Limited

3.50%

5.00%

Bank of Kathmandu Limited

2.00%

3.50%

Century Commercial Bank Limited

2.50%

4.50%

Citizens Bank International Limited

2.50%

4.50%

Civil Bank Limited

3.00%

5.00%

Everest Bank Limited

2.00%

4.00%

Global IME Bank Limited

2.00%

4.00%

Himalayan Bank Limited

2.00%

4.00%

Kumari Bank Limited

2.00%

4.00%

Laxmi Bank Limited

2.00%

4.00%

Machhapuchchhre Bank Limited

2.00%

4.00%

Mega Bank Nepal Limited

2.00%

4.00%

Nabil Bank Limited

1.50%

3.50%

NCC Bank Limited

3.00%

5.00%

Nepal Bangladesh Bank Limited

2.75%

4.00%

Nepal Bank Limited

2.50%

4.00%

Nepal Investment Bank Limited

2.00%

4.00%

Nepal SBI Bank Limited

1.50%

3.00%

NIC Asia Bank Limited

1.50%

3.50%

NMB Bank Limited

3.10%

5.10%

Prabhu Bank Limited

2.00%

4.00%

Prime Commercial Bank Limited

3.00%

5.00%

RatriyaBanijya Bank Limited

2.50%

4.50%

Sanima Bank Limited

2.00%

4.00%

Siddhartha Bank Limited

2.00%

4.00%

Standard Chartered Bank Nepal Ltd

2.00%

4.00%

Sunrise Bank Limited

2.00%

3.50%

Average

2.25%

4.13%

 

Ad